अन्जु र टिकाको ‘ठ्याक्क ठ्याक्क’ मा राहुल र एलिसाको छमछमी



काठमाडौँ। गायिका अन्जु पन्त र गायक टिका बमजनको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई डान्सिङ नम्बरमा तयार पारिएको छ । गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राइले मोडलिङ गरेका छन् । गीतको भिडियोमा दुबैको डान्स जमेको छ । पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.