भोला र नम्रताको ‘डेसान’ ट्रेलर सार्वजनिक



काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । कमल एक्चै मगर निर्देशीत चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

ट्रेलरमा चलचित्रका सबै प्रमुख कलाकार समेटिएको छ । निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको बताए । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।

’ पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।