कन्सर्टमा आदित्य नारायण झाले नेपाली गीत गाउने


काठमाडौं । बलिउड गायक आदित्य नारायण झाले ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएको छ । उनले आगामी शनिबार १० मंसिरमा हुने कन्सर्टमा आफ्नो नयाँ तथा पुराना गीतसंगीत लिएर प्रस्तुत हुने भएको छ ।

कन्सर्टका लागि आदित्य शुक्रबार नेपाल आउनेछन् । आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीत समेत प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका संचालक सोनम शेर्पाले जानकारी दिए ।

गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए । उनका पिता उदित नारायण झाको नेपाल र बलिउडमा थुप्रै हित गीत छन् ।