‘उचाई’ हेरेर सगरमाथाको आधार शिविर जान र फिल्मका कलाकारहरू भेट्ने अवसर


काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ ले नेपालमा सुखद व्यापार गरिरहेको छ।

दोस्रो सातासम्म आइपुग्दा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। नेपाली दर्शकले फिल्मको कथावस्तु र नेपालको सुन्दर दृश्य मन परेको प्रतिक्रिया दिइरहेका छन्। यो फिल्मले भारतमा २५ करोड ८२ भारु लाख कमाएको छ। यो १३ दिनको कमाइ हो।

यसैबीच यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनी ट्राभलर्स क्रिउ फिल्म्सले यो साता फिल्म ुउचाईु हेरेमा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने अवसर दिने भएको छ।

साथै फिल्म हेर्दा कलाकारहरू अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई भेट्न पाउने अवसर समेत वितरक कम्पनीले दिने भएको छ।

यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ। यो साता फिल्म हेर्ने दर्शकमध्ये एक जनाले यो अवसर पाउनेछन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्। मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपमसँगै नीना गुप्ता, परिणिती चोपडा, डेनी डेन्जोङ्पा र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.