नागा चैतन्यको ‘कस्टडी’ को पहिलो पोस्टर सार्वजनिक


एजेन्सी। दक्षिण भारतीय अभिनेता नागा चैतन्यको ३६ औं जन्मदिनको अवसर पारेर उनको आगामी फिल्म कस्टडी को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा नागा चैतन्यलाई पुलिस ‘कस्टडी’ मा देख्न सकिन्छ। उनलाई पुलिसकर्मीहरूले बन्दुक ताकेका छन्।श्रीनिवास चित्तुरीको लगानी रहेको फिल्म तमिल र तेलुगूमा प्रदर्शन हुनेछ। पोस्टर सार्वजनिक गरिए पनि फिल्मको प्रदर्शन मिति तोकिएको छैन। त्यस्तै अहिलेसम्म मुख्य अभिनेत्रीको बारेमा पनि जानकारी दिइएको छैन।एक्सन फिल्मलाई वेंकेट प्रभुले निर्देशन गरेका हुन्।

नागा चैतन्य दक्षिण भारतीय अभिनेता नागार्जुन अक्किनेनीको छोरा हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.