ऋर्चाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् ।

साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ ।

अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ । सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन् ।

अष्ट्रेलियामा आफुले अभिनय गरेको फिल्म अवार्ड जित्दा निकै खुसी लागेको ऋचाले बताइन् ।