रेखाको ‘असली रुप’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका रेखा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘असली रुप’ बोलको गीतमा शब्द रचना पुरन राउतको र संगीत बिशाल निरौलाको रहेको छ। यथार्थ कथा बोकेको भिडियोको निर्देशन अर्जुन भुषालले गरेका हुन्।

भिडियोमा दिनेश कठायत,सन्ध्या श्रेष्ठ,प्रशान्त केसी,हरि बंश र सुजुको अभिनय रहेको छ। रमित बोहोराले खिचेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन्। दिनेश कठायतको कन्सेप्टमा बनेको भिडियोको निर्माता सुभाष पुरी रहेका छन्। भिडियो म्युजिक जन्क्सन यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.