रेखाको ‘असली रुप’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका रेखा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘असली रुप’ बोलको गीतमा शब्द रचना पुरन राउतको र संगीत बिशाल निरौलाको रहेको छ। यथार्थ कथा बोकेको भिडियोको निर्देशन अर्जुन भुषालले गरेका हुन्।

भिडियोमा दिनेश कठायत,सन्ध्या श्रेष्ठ,प्रशान्त केसी,हरि बंश र सुजुको अभिनय रहेको छ। रमित बोहोराले खिचेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन्। दिनेश कठायतको कन्सेप्टमा बनेको भिडियोको निर्माता सुभाष पुरी रहेका छन्। भिडियो म्युजिक जन्क्सन यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.