युट्युब रिलिजको केही घण्टामै आर्यन र मिरुनाको फिल्म ‘चचहुई’ ट्रेन्डिङमा



काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज गरिएको हो । रिलिज गरिएको केही घण्टामै ट्रेन्डिङको यात्रा सुरु गरेको फिल्म सोमबार साँझ ट्रेन्डिङको पाँचौं नम्बरमा छ । फिल्मले १ दिनमै ५ लाख ४० हजार भ्युज पाईसकेको छ ।

साम्तेन भुटियाको निर्देशन रहेको फिल्म तीन वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । फिल्ममा भोलाराज सापकोटा र माओत्से गुरुङ पनि शीर्ष भूमिकामा छन् । ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमा फिल्म उपलब्ध छ । अमृत घोले लामा यस फिल्मका निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.