एल्बम मायाले बोलाउँछ बजारमा


mayale-bolaucha-2
(सेलिब्रेटी नेपाल) २९ असार-विनोद पछाईको एकल संगीत तथा रविन्द्र आशिषको शब्द रहेको आधुनिक  गीति एल्बम मायाले बोलाउँछको शुक्रबार राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा एक कार्यक्रमका बीच  विमोचन गरिएको हो।कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेलले सो गीति एल्बमको विमोचन गरेका थिए । रविन्द्र आशिषको शब्द रहेको मायाले बोलाउँछ गीति एल्बममा अन्जु पन्त, दिपक लिम्बु, मनिसा पोखरेल, सहिमा श्रेष्ठ, र स्वरुपराज आचार्य जस्ता चर्चित गायक गायिको स्वर रहेको छ।  एल्बममा जम्मा ७ वटा गीत समाबेश गरियका छन्।कार्यक्रममा एल्बम निर्माण गर्न सहयोग पुर्याउने विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिएको थियो।