‘सम्पूर्ण मतपरिणाम आएपछि के होला ?’ भन्दै दीपकराजले गरे यस्तो टिप्पणी



काठमाडौं । निर्माता एवं अभिनेता दीपकराज गिरीले राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहेका हुन्छन् । उनले व्यक्त गर्ने धारणाले सञ्चारमाध्यममा समेत राम्रै स्थान पाउँदै आएका छन् । आईतबार मतदानपश्चात सञ्चारमाध्यमसँग कुरा गर्दै आफू राजनीतिमा आए फिल्म क्षेत्र नै छाडेर आउने बताएका गिरीले सोमबार दिउँसो फेसबुकमा लामो स्टाटस लेखेका छन् । ‘आज म लेख्दैछु’ भन्दै सुरु गरिएको स्टाटस्मा दीपकराजले सम्पूर्ण मतपरिणाम आईसकेपछिको अवस्थालाई टिप्पणी गरेका छन् ।
दीपकराज लेख्छन् :–
आज म लेख्दैछु
सम्पूर्ण मतगणनापछि के होला ?
मेरो बिचारमा सम्पूर्ण मतपरिणाम आएपछि, माओवादीका साथीहरूले कांग्रेस इमानदार नभएको आरोप लगाउने छन् । अनि यसबारेमा शेरबहादुर देउवाको स्पष्टीकरण आउनेछ र त्यो स्पष्टीकरण नबुझेर रनभूल्ल हुँदै आगामी गठबन्धन कोसंग गर्ने भनेर फेरी हिसाब किताब गर्न थाल्नेछन् ! यता एमालेजनहरू समाजवादीको साइज देखेर प्रशन्न हुँदै आफ्नो हालतमा चिन्ता गर्ने छैनन् ।
उता समाजवादीहरू आफूले कति ठाउँमा जितियो भन्दा पनि एमालेलाई यति ठाउँमा हराउन सकियो भनेर कृत्रिम खुशी मनाउने छन् ।
कांग्रेसहरू देउवाले नेतृत्व छोड्नुपर्ने आवाज फेरी उठाउन थाल्नेछन् भने जसलाई देउवा गुटका सांसदहरूले देउवालाई नेपाली कांग्रेसको निर्विकल्प नेता घोषित गर्दै अर्को निर्वाचनमा उनकै नेतृत्वमा बहुमत ल्याउने गरेर रणनीति बनाएर अगाडि बढ्नुपर्ने जिकिर गर्नेछन् !

राप्रपाले चाहीँ स्थिति पोहोर भन्दा राम्रै रहेको तर घण्टी आएर आफ्नो पक्षको भोट चोरेर लगेको तर आफ्नो भबिष्य राम्रै रहेको विश्लेषण गर्नेछ !
मधेसी दल सधै झै आफ्नो जीत हुन नसकेकोमा चिन्ता गर्नुभन्दा अरूलाई हराएकोमा खुशी मनाउने छन् ।
अनि घण्टी ? मुसुमुसु हाँसेर अघिदेखि घण्टीको बारेमा के लेख्ला भनेर साँेचिरहनु भा होला होइन ? त्यो लेख्दिन महसूस मात्रै गर्छु ! सफलतासंग मुस्कान मात्रै होइन चुनौती पनि टाँसिएर आएको हुनेछ ! त्यो सबैले बुझ्नु पर्छ ! यो मेरो सबै अनुमान गलत पनि हुन सक्ला, तर प्रजातन्त्र हो, बिना कुनै पूर्वाग्रह अनुमान त गर्न पाइयो नि ! होइन र ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.