चुनावका कारण शनिबार बेलुका देखि सिनेमा घर बन्द हुने



काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुक भरका सिनेमा घर शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघले जनाएको छ ।

क्यूएफएक्स सहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने र त्यस दिन अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन नपाइने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् ।

निर्वाचन माहोलका कारण अहिले फिल्म हलहरुको अकुपेन्सीमा समेत गिरावट आइरहेको छ । चलिरहेका फिल्मले समेत दर्शकलाई तान्न सकिरहेका छैनन् । तर निर्वाचनपछि फिल्म क्षेत्र लयमा फर्किने देखिएको छ । निर्माताले छायांकनदेखि अन्य कार्यक्रम पनि चुनाव पछाडिलाई तय गर्न थालेका छन् ।