गगनलाई भोट माग्दै प्रदीप खड्काले भने उहाँ भावी प्रधानमन्त्री


काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावी कार्यमा लागेको देखिन्छ । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न पुगेका छन् । भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । यो मामिलामा प्रदीप खड्का पनि एक कदम अघि देखिन्छ ।

अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा देखिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट माग्दै उनले भने ‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ । प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा पनि अघि सारे ।

सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’
https://www.facebook.com/watch/?v=674346200758872