वैवाहिक जीवन विग्रिएको चर्चाबीच वर्षा लेख्छिन्, ‘मौन बसे घमण्ड, केही बोले बहस’


काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी केही समययता व्यक्तिगत जीवनका कारण चर्चाको पात्र बनेकी छन् । गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा यतिबेला चरमचुलीमा छ । यो विषयमा वर्षा मौन बस्नुले बजारमा चलेको चर्चालाई थप मलजल मिलेको छ ।

मिडियामा वैवाहिक सम्बन्ध विग्रिएको खबर छ्यापछ्याप्ती हुँदा पनि मौन बसेकी वर्षाले बिहीवार फेसबुकमा एक तस्विर पोष्ट गर्दै क्याप्सनमा लेखेकी छन्, ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ आफ्नो बारेमा आउने कुनै कुरामा मौन बस्दा घमण्डीको ट्याग लाग्ने र केही बोले बहस हुने गरेको उनको आशय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.