करिष्माले मागिन् रेखाको लागी भोट


काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् ।
करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौँ लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । ’

उनी थप्छिन्, ‘यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’ करिष्माजस्तै चलचित्र क्षेत्रका अन्य कलाकारले पनि रेखाका लागि भोट मागिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.