महेश बाबुको पिता कृष्णा घट्टामनेनीको ७९ वर्षेको उमेरमा मृत्यु

एजेन्सि । साउथ सुपरस्टार महेश बाबुको पिता कृष्णा घट्टामनेनीको आज हृदयघातको कारणले निधन भएको छ । घट्टेमनेनी लामो समय देखि हृदयको बिमारी थिए । यस कारण उनलाई हेद्राबादको कोन्टिनेन्टल अस्पतालमा भर्ना गरीएको थियो । मिडिया रिपोर्टसको अनुसार कृष्णा आफ्नो श्रीमतीको निधन पछि डिप्रेशनबाट ग्रसित थिए ।

महेश बाबुको पिता कृष्णाले ३५० फिल्ममा काम गरेका छन् । उनि एक्टर मात्र नभई डारेक्टर, प्रोडुसर र पोलिटिसियन पनि थिए । साथै उनलाई सन् २००९ मा पद्मा भुषणले पनि सम्मान गरीएको थियो ।