अक्षयकुमारले घटाए पारिश्रमिक, फिल्म असफल हुनुको कारण बलिबुड आफैं रहेको बताए


काठमाडौं । अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यस वर्षे उनको चार फिल्म सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु रिलिज भएको थियो तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार अक्षयले फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को लागि आफ्नो पारिश्रमिक घटाएका छन्। यसअघि उनले सय करोडदेखि १ सय ३५ करोड भारुसम्म पारिश्रमिक लिंदै आएका थिए ।

साथै उनले बलिबुड फिल्म सफल हुन बलिबुडले आफूलाई बदल्नु जरुरी रहेको बताए । हालै, हिन्दूस्तान टाइम्सले आयोजना गरेको सम्मेलनमा बोल्दै अक्षयले हिन्दी फिल्मले बक्स अफिसमा कमजोर कमाइ गरेकोदेखि दर्शकलाई हलसम्म तान्न असफल भएको बारेमा चर्चा अक्षयकुमारले भने, ‘हामीले कतिपय कुरालाई भत्काउनुपर्छ र पुनर्संरचना गर्नुपर्छ । हामीले सबै कुरा फेरि सुरु गर्नुपर्छ ।’ कलाकारले कम पैसा लिनुपर्ने, टिकटको मूल्य घटाउनुपर्ने र फिल्म निर्माणमा आवश्यक रकम कम गर्नुपर्नेमा उनले जोड दिए ।
आफ्नो पारिश्रमिक पनि घटाउने कुरा अक्षयले गरेका छन् । यसअघि उनले सय करोडदेखि १ सय ३५ करोड भारुसम्म पारिश्रमिक लिंदै आएका थिए ।

‘यदि दर्शक हलमा फर्किउन् भन्ने चाहन्छौं भने हामीले त्यो गर्नुपर्छ,’ उनले भने ।