भारतीय अभिनेत्री शबाना आजमीले नेपालमा रंगमञ्च र अभिनयबारे ‘मास्टरक्लास’ दिने


काठमाडौं । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विषेश अतिथिको रुपमा सहभागी हुन नेपाल आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा विषेश अतिथिको रुपमा आजमीलाई आयोजक मण्डला थिएटरले आमन्त्रण गरेको हो ।

उनले महोत्सवको क्रममा रंगमञ्च र अभिनयबारे ‘मास्टरक्लास’ पनि दिने कार्यक्रम छ ।