‘कथाले मागे अनुसार चुम्बन दृश्य दिन आपति छैन’ सोनिया शर्मा


soniya-sharma(सेलिब्रेटी नेपाल) २८ असार- आफुले अभिनय गरेको चलचित्र एटिएम प्रदर्शनको पहिलो दिन नै रोकिएपछि तनावग्रस्त भईन नायिका सोनिया शर्मा। प्रदर्शनपूर्व यु ट्युबमा सार्वजनिक गरिएको अश्लिल संवाद र दृश्ययुक्त प्रोमोका कारण एटिएमका निर्माता, निर्देशक र अन्य कलाकारका साथमा सोनिया शर्मा पनि आलोचित भएकी थिइन् ।

तर अब भने उसलाई राहत महसुस भएको छ। आफूले निकै आश गरेको चलचित्र दर्शकले हेर्न नपाउदा त टेन्सन नै हुदो रहेछ उनले भनिन्। चलचित्रको कथाले मागे बमोजिम चुम्बन दृश्य दिनुलाई सामान्य मान्ने सोनिया एटिएममा आफूले अनावश्यक दृश्य नदिएको दाबी गर्छिन्। एटिएमबाट नकारात्मक चर्चाको भागीदार बने पनि अब भने सक्रिय रुपमा राम्रा चलचित्रमा अभिनय गर्न चाहेको उनी बताउँछिन्। मोडलिङबाट करिअर शुरु गरेकि सोनिया अब चलचित्रमा हिरोइनका रुपमा ब्यस्त हुन थालेकी छिन्। आफुले अभिनय गरेका अभियुक्त, एटिएम, करामत र ढुंगेयुगका प्रदर्शनको पर्खाइमा रहेको बताउने उनी ग्ल्यामरका साथै अभिनय क्षमताको भरमा स्थापित हुने सुरमा छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.