नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमी बीच सम्झौता



काठमाडौँ। नेपाल फिल्मक्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमी बीच फिल्म निर्माण र ज्ञान आदान प्रदान गर्ने सम्बन्धमा विविधबुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको उपस्थितिमा एकेडेमीका सभापतिमाइकल योङ र उपसभापति जिममिलर र आफूले सम्झौता गरेको जानकारी गराएकाहुन् ।

फिल्म कलेजमाअध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँगआफूहरूले सम्झौता गरेको क्याम्पस प्रमुखशिशिर उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषयमात्र रहेन । हाम्रा विद्यार्थीहरूले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सृजनात्मक र प्राविधिकदुवै हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहलथालेका हौँ,’ क्याम्पस प्रमुख उप्रेतीले भने ।

दुवै फिल्म पढाउने संस्थाबीचभएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थीहरू आदानप्रदान गर्नेछन् । यसरी आउने÷जाने विद्यार्थीहरू १ महिना, ३ महिना र ६ महिना सम्मका लागिआउन जान सक्ने कार्यक्रममा जानकारी गराइयो । नेपालबाट जाने विद्यार्थीहरू न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लसएञ्जल्स र सिकागोमा रहेका एकेडेमीमाजानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपालआउन सक्नेछन् ।

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौताभएको कार्यक्रममा जनाइएको थियो ।