कोइरालाको लघुचलचित्र ‘पैसा’ सार्वजनिक



काठमाडौँ। रमेश कोइराला निर्देशित लघु चलचित्र ‘पैसा’ जापानिज भाषाको सवटाइटल सहित बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । छैटौं सर्ट फिल्म फेस्टा २०७९’ उत्कृष्ट निर्देशकको अवार्ड जितेको कोइरालाको चलचित्रमा प्रमुख भूमिकामा सुनिला केसी र बालकलाकार सम्राट ढकाल रहेका छन्।

अन्य कलाकारहरूमा धर्मेन्द्र आचार्य, मौसमी ओली, बिष्णु ध्वज सिंह भन्डारी,सिद्दान्त बोहरा, सृजना लगायतका कलाकारले अभिनय गरेका छन् । रोशन कुमार श्रेष्ठले खिचेको भिडियोलाई उत्तर मगरले सम्पादन गरेका छन् । प्रतिक मिडिया होमबाट निर्माण भएको यो सर्ट फिल्मलाई श्याम केसीले व्यवस्थापनको जिम्मा समालेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.