जेल सजायको फैसलाविरुद्ध पल शाहले फेरी दिए उच्चमा पुनरावेदन


काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर सफाई दिन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.