मोडलको बिबाह लोक गायक तथा निर्देशककि छोरि सँग


prabin-khaniya
(सेलिब्रेटी नेपाल) २८ असार-ठुलो पर्दाको चलचित्र “ईन्द्रेणि” तथा केहि म्युजिक भिडियोमा अभिनय गरेका प्रविण खनिया काठ्माण्डौ ववरमहलकी रश्मी रायमाझि संग विबाह बन्धनमा बाँधिएका छन् । जगदिस समाल र सपना श्रीको आवाजमा रहेको ‘उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिले’ ,’डाफे नाँचेर’ जस्ता गीतमा मा अभिनय गरेका खनिया लोक गायक तथा निर्देशक नारायण रायमाझीकि छोरि रश्मी रायमाझि सँग बिबाह बन्धनमा बाँधिएका हुन्।

राजधानीको भद्रकालि स्थित मन्दिरमा सुसम्पन्न भएको बिबाह समारोहमा केहि कलाकारहरुको पनि उपस्थिति रहेको थियो । खनिया सगरमाथा कल्चर एण्ड मुभिज र नाट्यालय हेल्थ क्लवका निर्देशक समेत रहेका छन्।
प्रबिण खनिया अभिनित सुमधुर गीतको भिडियो हेर्नुस

Copyright © 2012 - 2026 | All Right Reserved.