राप्रपालाई भोट माग्दै मनिषा कोइराला


काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । चुनाव नजिकिएसँगै कलाकारहरु पनि राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् । भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् ।

चुनावी माहोलले देश तातेको बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए ।
सन् १९८९ को नेपाली फिल्म फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् ।