शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री


काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ ।२० लाखमा व्यवसायी पूजा तामाङले फिल्मको विदेश प्रदर्शन अधिकार खरीद गरेकी हुन् ।

केही दिनमै फिल्मको नेपाल प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी छ । आउँदो साता सलोन बस्नेत र पूजा शर्मा अभिनित फिल्मको गीत सार्वजनिक गर्ने तयारीमा छन् । सोही गीतसँगै फिल्मको प्रचार अभियान सुरु हुने जनाइएको छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा रामकाजी घिमिरेको पटकथा छ । फिल्ममा धीरेन शाक्य, जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङको अभिनय छ । नेपालमा रिलिज भएपछि लगत्तै यो फिल्म डायस्पोरामा समेत प्रदर्शन हुनेछ ।