अंगुरालाई ‘भेटुँ भेटुँ लाग्छ’


Angura-Baibhabi
(सेलिब्रेटी नेपाल) २७ असार-बाल्यकालदेखि नै संगीतप्रति अगाध आस्था राख्दै आएकी अंगुरा बैभवीले त्यो आस्थालाई पुरा गर्न सांगीतिक एल्बम ‘भेटुँ भेटुँ लाग्छ’ बजारमा ल्याएकी छन्। एल्बमको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीतकार तथा निर्देशक यादव खरेल,गायक योगेश वैद्य,नेपाली काँग्रेसका नेता बलदेव शर्मा मजगैया र संगीतकार राजु सिंहले संयुक्त रुपमा लोकार्पण गरे।

एल्बममा ‘देखुँ देखुँ’, ‘साँझको बेला’, ‘चौबन्दी तुनामा’, ‘दियो बनी बलिरहे’, ‘फाट्नु पर्ने बादलु’, कसले के भन्छ,’ र ‘मायालु म तिमीलाई के दिउँ’ बोलका गीत छन् । गीतमा दिपक कोडिया, लव थापा, प्रतिमा श्रेष्ठ, बलदेव शर्मा मजगैया, प्रकट पगेनी र लोकेश ढकालको शब्द छ भने किरण कँडेल, स्वयम्भुराज शाक्य, राजु सिंह, शक्ति बल्लभ, संजीव सिंह, सुरेश अधिकारी र विजयसिंह मुनालको संगीत रहेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा २०४५ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङसँग संगीत विषयमा एक वर्ष प्रशिक्षण लिएकी अँगुराले संगीतकार मुनालसँग ६ महिनासम्म संगीत तथा गायनको प्रशिक्षण पनि प्राप्त गरेकी छन्। उनले रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेकी छन्। लेखक तथा राजनीतिकर्मी लोकेश ढकालको प्रस्तुति रहेको एल्बमलाई प्रज्ञाश्वरी रेकर्डस्ले बजारमा ल्याएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.