मौलिक नौमती बाजामा रहेको गीत ‘माइती घर ’ सार्वजनिक


काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नौमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शब्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ ।

आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेली विचको प्रसङ्गलाई गीतमा समेटिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रिना थापा मगर , याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ । ‘माइती घर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.