अरुलाई हसाउँनेहरु आफूचाँहि ‘धुरुधुरु’ रुन्छन्


eye-tear
(सेलिब्रेटी नेपाल) २७ असार-हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ का अभिनेता दीपकराज गिरी जति धेरै अरुलाई हँसाउछन्, आफू भने बेलाबेलामा त्यत्तिकै रुन्छन्।’तर, अरुले देख्ने गरी होइन, म त लुकेर रुन्छु’ उनी भन्छन् । ‘विभिन्न कारणले कहिलेकाहीं दिक्क लागेपछि एक्लै बसेर रुन मन लाग्छ । त्यतिबेला गाडीभित्र पसेर रुने गर्छु ।’ अरुले देख्दा लाज हुने गरेकाले लुकेर रुने गरेको दीपक बताउँछन् ।आफ्नी दिवंगत आमा र हजुरबुबालाई सम्झेर पनि बेला बेलामा रुने गरेको उनी सुनाउँछन् । ‘कहिलेकाहीं अरुको पीडा देखेर आँखाबाट आँसु आउँछ । त्यतिबेला हत्त न पत्त कालो चस्मा लगाउँछु ।’सिनेमा हेरेर पनि बेला बेलामा रुने गर्छन् दीपक । धेरैचोटि मनमा पीडा परेर रोए पनि २०६० भदौ ४ गते भने यिनको आँखाबाट खुशीको आँसु बर्सिएको सम्झन्छन्।
dipak dipa cbn
‘हाम्रा आधा दर्जनभन्दा बढी हास्य कार्यक्रमलाई नेपाल टेलिभिजनले नस्वीकारेको अवस्थामा त्यो दिन भने एक्कासी ‘तीतो सत्य’ पास भयो।’ एनटिभीबाट नियमित तीतो सत्य कार्यक्रम प्रशारण हुने खुशीले दीपासँग मजाले रोएँ ।’ त्यसबेला आफू खुशी हुनुको राज खोल्दै दीपकले भने। दीपकराजकी कलाकार जोडी दीपाश्री निरौलाले भनिन् ‘त्यसपछि त्यस्तो हर्षपूर्वक म रुन पाएकी छैन। पीडाले भने हरेक महिना पटकपटक रोएकी छु।

टेलिश्रृङ्खला ‘हर्के हल्दार’ का हास्य अभिनेता विष्णु सापकोटा पनि आफूलाई पिन्चे कलाकार नै भन्छन्।’कहिलेकाँही मन साह्रै दु:खेपछि एकान्तमा गएर रुन्छु । म पनि रोइरहन्छु ।’ – सापकोटा भन्छन् । उनी पनि महिनामा प्रायजसो एक दुई पटक रुने गरेको सुनाउँछन्।’२० वर्षअघि आफूले प्रेम गरेकी केटीसँग बुबाआमाले विवाह गरिदिन नमानेपछि उनी सबैभन्दा धेरै समय धुरुधुरु रोएका रहेछन्। ‘म रोएको देखेर अन्त्यमा उनीसँग विवाह गरिदिन बुबाआमा राजी हुनुभयो ।’ उनी विगतलाई सम्झँदै भन्छन्।

हास्य टेलिश्रृङ्खला मेरी बास्सैका कलाकार किरण केसी ‘ए रातामकै’ पनि लुकीलुकी रुने गरेको बताउँछन् । बुबाको देहान्त होस्, या श्रीमतिको पाठेघरको अप्रेसनका क्रममा होस् यो पीडामा उनको आँसु रोकिएन र लामो समयसम्म रोए ।कलाकारको मन संवेदनशील भएकाले रुनुलाई रातामकै स्वभाविक नै मान्दा रहेछन्।

अर्का हास्यकलाकार निर्मल शर्मा गैंडा भन्छन् ‘हामी हास्य कलाकार जति अरुलाई हँसाएर खुशी पार्छौं, त्यतिकै आफूचांहि रुन्छौं। हसाउने कलाकारको मनमा पनि अरुकोजस्तै पीडा हुने भएकाले हामी रुँदा अरुले अचम्म मान्नुपर्दैन ।’

उनी पनि बुबाको देहान्त हुँदा सबैभन्दा लामो समय रोएका रहेछन् । अघिल्लो वर्ष साथीहरुको जालझेलका कारण अमेरिकी दूतावासले भिसा रद्द गरिदिएपछि पनि आफू निकै रोएको शर्माले बताए । ‘मैले नेतृत्व गरेको कार्यक्रममा जान लाग्दा दूतावासले बोलाएर भिसा रद्द गऱ्यो। त्यतिबेला पीडा खप्न नसकेर म रोएको थिएँ।’उनले भने ।

तीतो सत्यकै हास्य कलाकार कविता शर्मा पनि बेला बेलामा एक्लै लुकेर रुने गरेको सम्झन्छिन्। ६ वर्षअघि आफ्नो भाइ बितेको र भाइजस्तो अनुहार लाग्ने युवा देख्दा अहिले पनि आँसु थाम्न नसक्ने उनी बताउँछिन्।’कहिलेकाँही त गरिब तथा दिनदु:खीको अवस्था देखेर पनि आँसु झर्छ। केटी मान्छे भएकाले मलाई रुँदा लाज लाग्दैन।’यी सबै कलाकार जति रोएको छन् र रुने गर्छन् उनीहरु प्रायजसो अरुको सामुभन्दा पनि रुनका लागि एकान्त खोज्ने गरेको सुनाउँछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.