सुशिला बरालको ‘यो सास अल्झियो’ भिडियो सार्वजनिक



काठमाडौँ। गायिका तथा संगीतकार परिचय बनाउन सफल सुशिला बरालका ‘जुनिजुनी तिम्रै हुन मन छ है माया’ ,’तिमीले हेरेर मलाई पुग्ने भए’ जस्ता गीतले दर्शक श्रोताको मन जितेका छन्। उनको नयाँ गीत ‘यो सास अल्झियो’ भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा स्वर,शब्द तथा संगीत बरालकै रहेको छ। महाराज थापाले संगीत संयोजन गरेको गीत मेलोडीयस बनेको छ।

निरन्तर संगीत क्षेत्रमा काम गरि रहेकी बरालका अझै केहि नयाँ गीतहरु सार्वजनिक हुने तयारीमा रहेका छन्। दर्शक श्रोताको साथ रहे सम्म नितांतर नेपाली गीत संगीतमा नै केहि गर्ने योजना रहेको उनले बताइन्। राज पोखरेलले छायाँकन गरेको भिडियोको सम्पादन बिकास दाहालले गरेका हुन्। भिडियोमा गायिका स्वयम् फिचर्ड छिन्। भिडियो सुशिला बराल अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.