आलियाले छोरीलाई जन्म दिईन्


एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । आज आइतवार उनले मुम्बइको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यो त्यही अस्पताल हो, जहाँ आलिया र रणवीर कपुरका पिता ऋषि कपुर भर्ना भएका थिए । ऋषिको निधन उपचारका क्रममा यही अस्पतालमा भएको थियो ।

मिडियामा आलियाले डिसेम्बर महिनामा सन्तानलाई जन्म दिने खबर सार्वजनिक भएको थियो । तर, आलियाले नोभेम्बर महिनामा नै छोरीलाई जन्म दिएकी हुन् । आलियाको परिवार अहिले अस्पतालमा छन् । बिहानैदेखि आलियाका आफन्त, बलिउडकर्मी र उनका फ्यानले शुभकामना दिइरहेका छन् । आलिया र रणवीरले अप्रिल ५ मा बिहे गरेका थिए । उनीहरुले करिब ५ बर्ष डेटिङ गरेका थिए । आलियाले जुन २७ मा आफू गर्भवती भएको जानकारी फ्यानलाई गराएकी थिइन् ।