रुपेश र सुनिताको ‘रुँदै रुँदै नौतुना रेल माथी’ (भिडियो)



काठमाडौँ। गायक रुपेश न्यौपाने र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनीक गरिएको छ। सार्वजनिक ‘रुँदै रुँदै नौतुना रेल माथी’ बोलको गीतमा शब्द तथा संगीत गायक रुपेश न्यौपाने कै रहेको छ। गीतमा श्याम श्वेत रसाइलीले संगीत संयोजन रहेको छ।

सागर ज्ञवालीले निर्देशन गरेको भिडियोमा आसिर प्रताप जंग र अश्विनी शाही फिचर्ड छन्। गीतको अडियो अनुसार भिडियो उत्कृस्ट बनेको छ। निर्देशक ज्ञवालीले भिडियो निर्देशनमा आफुलाई अब्बल साबित गरेका छन्। नारायण जिसीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोको कोरियोग्राफी प्रख्यात घिमिरेको रहेको छ। भिडियो गायक रुपेश न्यौपानेको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।