उषाको ‘माया थिएन भने’ मा किरण र स्मारिका (भिडियो)



काठमाडौँ। असोज २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ ।

उषा मलाह सिम्रनको स्वर रहेको गीतको भिडियो एक्का एक्सप्रेसले निर्माण गरेको छ । राज कुमार निर्देशित भिडियोमा डिम्पल खरेल र सतिश एस खत्रीको पनि अभिनय रहेको छ । निर्देशक राज कुमारको नै शब्द तथा संगीत रहेको गीतमा उनकै सम्पादन समेत छ । सार्वजनिक म्युजिक भिडियोको छायांकन खेम थापाले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.