सोनाक्षी सिन्हाको फिल्मको प्रिमिएरमा देखिए प्रदीप



काठमाडौँ। प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज पछि प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मको प्रिमिएरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले फिल्मको प्रशंसा समेत गरे ।

प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र भनेर जिज्ञासा राखेकी थिइन् । यसैबीच, प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको, तर निधो भइनसकेको उनी निकट स्रोतले जनाएको छ । प्रिमियरमा भाग लिन मुम्बई पुगेका प्रदीप आज काठमाडौं फर्कंदैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.