निकेशको ‘अदृश्य प्रेम’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाली साङ्गितिक क्षेत्रमा निकेश कालिकोटे नयाँ नाम हो। मोरंगका निकेशको पहिलो प्रस्तुति स्वरुप ‘अदृश्य प्रेम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शेखर देव घिमिरेको छायांकन र सम्पादन रहेको भिडियोमा यान्छी डोल्मा लामा र निकेश आफै फिचर्ड छन्।

युवाहरुको प्रेम कथालाई आधारित भिडियोमा प्रेम,बिछोड र मिलनको समीश्रण देखाउन खोजिएको छ । प्रमोद कार्कीको निर्देशन रहेको भिडियो समिप इन्टरटेन्मेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।