राजु गिरीको चलचित्रमा आमेष भण्डारी अनुबन्धित



काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा’नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेष वीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको निर्देशक गिरीले बताए । मंसीर ७ गतेबाट फ्लोरमा जाने चलचित्रमा द्धन्द्व निर्देशक राजेन्द्र खड्गी पनि अनुबन्धित भएका छन् भने अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ ।