‘कमेडी च्याम्पियन’ टिमले फिल्म बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने



काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन । फिल्मको नामका विषयमा पनि छलफल भईरहेको छ । चलचित्रको सम्पूर्ण टिम र कलाकारको केहि दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए। छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.