शाहरुखको जन्मदिन ‘पठान’को एक्शन टिजर रिलिज



काठमाडौं। बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’को टिजर सार्वजनिक गरिएको छ । शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक एक्शन प्याक्ड टिजरमा शाहरुखका अलवा जोन अब्राहम र दीपिका पादुकोणलाई पनि स्थान दिइएको छ । टिजर सार्वजनिक भएसँगै शाहरुख कमव्याक सफल हुने प्रतिक्रिया दर्शक तथा सिनेमाकर्मीबाट मिलिरहेको छ । अधिकांश दर्शक तथा फ्यानले टिजरलाई उत्कृष्ट बताएका छन् ।

बलिउड ट्रेड एनालिष्टका अनुसार ‘पठान’ शाहरुखको मात्र नभई यशराज फिल्मस्को नै कमव्याक भएको प्रतिक्रिया दिइरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भएको सिनेमा जनवरी २५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । शाहरुख अभिनित ‘जवान र डंकी’ पनि यही वर्ष रिलिज हुनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.