अनमोलको ‘छड्के २’ फागुन १९ मा



काठमाडौं। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।

६० दिनको छायांकन सेड्युलमा सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । ‘छड्के २’ एउटा रिभेन्ज ग्याङ स्टोरी चलचित्र हो । यो चलचित्र पहिलो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।