सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक



काठमाडौँ। सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको चलचित्र ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रमा समाबेश गीत सार्वजनिक गरिएको हो। चलचित्र आगामी फागुन १२ गतेबाट नेपालभर रिलिज गर्ने समेत जानकारी गराइयो ।

विनोद मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर मुख्य भूमिकामा छिन् । उनलाई नयाँ कलाकार प्रमिला कार्कीले छोरीको रुपमा साथ दिएकी छिन् । चलचित्रमा निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

एकल महिलाको कथा भन्ने चलचित्रको यो गीतमा बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, सन्देश शाहको सम्पादन छ । यही चलचित्रबाट सरोज खनालले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् ।