सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउँदै



काठमाडौँ। २ बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ। नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको ‘नयाँ बर्ष धमाका’ सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन्।

कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका बिभिन्न ६ वटा शहरमा हुनेछन्। लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ। कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरि सकेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.