नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु



काठमाडौँ। नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शुक्रवार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन गरेकी थिइन् । यो क्रममा उनले महोत्सव कलाको प्रदर्शनी सँगै संस्कृति आदान प्रदानका लागि उपयुक्त माध्यमभएको बताउँदै महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् । उनले यो पटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालनहुने जानकारी गराउँदै दर्शकले चलचित्रविकास बोर्डको हलमा र अनलाइनपनि हेर्न सकिने जानकारी गराइन् । यसका साथै राजदूत नोनाले महोत्सवपहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमापनि गर्न लागिएको जानकारी गराएकीथिइन् ।

महोत्सवको सद्भावनादूत रहेकीअभिनेत्री केकीअधिकारीले दसैँ र तिहार सकिएपछि फिल्ममहोत्सवको रुपमासिर्जनाको पर्व सुरु भएको धारणा राखेकीथिइन् । केकीले युरोपियनफिल्ममहोत्सवले फिल्मकर्मीमाशिल्पनिर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमासिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्तगरिन् । शुक्रबार उद्घाटनसँगै १ घन्टा समयावधिको रिताहुतानेनले निर्देशन गरेको ‘गड्स् अफमोलेन्बेक’’शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमाहुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमाबसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादीउत्पादन गर्ने कारखानाको रुपमालिने गरिएको कथाफिल्मले प्रस्तुत गरेको छ ।

शनिबारबाट मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइएको छ भने शनिबार नै आर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमागाइबोर्ली र उलासा गुरुङबीच छलफल चल्नेछ । आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनीअधिकारीबीच छलफल हुनेछ ।

महोत्सवमा १३ युरोपेली र ३ नेपालीचलचित्रप्रर्दशनहुनेछन् । सुर्खेतमाहुने महोत्सवकार्तिक १९ देखि २२ गते सम्ममध्यपश्चिमविश्वविद्यालय सुर्खेतमाआयोजनागरिने छ । सुर्खेतमा५ युरोपियनतथा ३ नेपालीचलचित्रप्रदर्शित गरिने छन् ।

महोत्सवअन्तर्गत चलचित्र र चलचित्रनिर्माणका विभिन्नपक्षहरूसँग सम्बन्धिततीन पूरक क्रियाकलापहरूको पनिआयोजनाहुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजनागरिने कार्यक्रममाचलचित्रनिर्माणमा आर्काइभअर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आफ्नाअनुभव साट्नेछन् । दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् ।

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुपपौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालनहुनेछ । यो कार्यक्रम युरोपमाफिल्मनिर्माणको अवस्था र युरोपेली र नेपालीचलचित्र क्षेत्रमाकाम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धीहुनेछ । सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशकाचलचित्रकाविद्यार्थी तथाचलचित्रकमीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।