एक हप्तामा कति ब्यापार गर्‍यो ‘के घर के डेरा’ले ?



काठमाडौं । चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । एक हप्ताको कलेक्सनले चलचित्रको लगानी सुरक्षित भएको हो । “नेपालभित्रकै एक हप्ताको बक्सअफिस कलेक्सनले चलचित्रको लगानी सुरक्षित भइसकेको छ,” निर्देशक दीपेन्द्र के खनालले बताए, “फरेन राइट्स र डिजिटल राइट्सको हिसाब गर्ने हो भने निर्माण पक्ष नाफामा गइसकेको छ ।” उनका अनुसार हालसम्म यो चलचित्रले तीन करोड ६३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो बिहीबार सम्मको कलेक्सन रिपोर्ट हो । गत शुक्रबारबाट यो चलचित्र प्रदर्शनमा आएको थियो ।

काठमाडौँमा बस्ने डेरावाल र घरबेटी बीचको कथा भन्ने सिनेमामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद रहेको सिनेमामा शंकर थापा (स्माइल)/कोसिस क्षेत्रीको संगीत, सुर्य ठोकर एक्सन, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्कीको कार्यकारी निर्माण,यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहेको सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।