महको ‘महापुरूष’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्यामजोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहि चलचित्र मार्फत अरुण क्षेत्री र अन्जना बराईलीलेडेब्यु गर्दैछन्।

चलचित्रमा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएरसिनेमा तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रकाकार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। पार्श्व ध्वनिमा रोहित शाक्य /शैलेश श्रेष्ठ ,ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.