सलोन बस्नेतको मुख्य भूमिका रहने गरी चलचित्र ‘जय हो’को घोषणा



काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने चलचित्र ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् ।

चलचित्रको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक नायक र नायिका भने तय भइसकेका छैनन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको चलचित्रमा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ ।

चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । उनीहरु अष्ट्रेलियाको जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

एक्सन लभस्टोरी कथामा निर्माण हुने फिल्म काठमाडौं, पोखरा र मुस्ताङमा खिचिने जनाइएको छ । नेपालको छायांकन सकिएपछि फिल्मको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.