‘तिम्रो मेरो साथ’ को पहिलो गीत सार्वजनिक, पुष्प साम्राज्ञी र सन्दीपको नृत्य



काठमाडौं। पुस २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। चलचित्रले तिहारलाई लक्षित गर्दै रूमालै बाटेर टाई बनाम बोलको गीत रिलिज गरेको हो। लोक शैलीको सार्वजनिक गीत सुभाष भुसालको संगीतमा तयार भएको हो।

गीतमा जगदिश समाल र मेलिना राईको युगल स्वर रहेको छ। रामजी लामिछाने कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले खिचेका हुन्। गीतमा चलचित्रका प्रमूख कलाकार पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा सन्दीप क्षेत्रीको नृत्य हेर्न सकिन्छ।

चलचित्रका निर्देशक रमेश एमके पौडेलको डेब्यू सिनेमा हो। पौडेल यसअघि राज्जा रानी तथा रूद्रप्रिया जस्ता सिनेमाका निर्माता हुन्। आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा, निरू भण्डारी,अशोक पोख्रेल, सुमन पौडेल तथा सुमित पराजुलीको सह-निर्माता रहेका छन्। यसैगरी निर्देशक सबिर श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन्। कार्यकारी निर्माता श्रेष्ठ चलचित्रका लेखक समेत हुन्। उनलाई लेखनमा बाबुराम निरौलाले साथ दिएका छन्। चलचित्रमा पुष्प, साम्राज्ञी तथा सन्दिपका अलावा इमीली लामा, दिपिशा केसी, खड्क बहादुर पुन तथा सरोज खनालको अभिनय रहेको छ। चलचित्रका सम्पादक भूपेन्द्र अधिकारी हुन् भने कलरिष्ट रेनिश फागो हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.