आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ फर्स्टलुक सहित प्रदर्शन मिति सार्वजनिक



काठमाण्डौ। युवा निर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र पुष १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक फर्स्टलुकमा आर्यन सिग्देल र उपासना सिंहलाइ फरक लुक्समा देख्न सकिन्छा।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत,नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाकार महेश आर गुप्ता छन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको वितरण श्रीराम बालाजी फिल्मका सुनिल मानन्धरले गर्दैछन । यहि मितिमा यस अघि नै चलचित्र ‘कौसिद’ र चलचित्र ‘चि मुसी चि’ले प्रदर्शन मिति घोषणा गरि सकेका छन्।