‘२ नम्बरी’ को मेकरलाई विकास बोर्डले सोध्यो स्पष्टिकरण



काठमाडौँ। चलचित्र विकास बोर्डले असोजको २१ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘२ नम्बरी’का मेकरलाई स्पष्टिकरण सोधेको छ । बोर्डका सदस्य सचिव महेश पराजुलीले फिल्म निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टिकरण सोधेका हुन् ।

विशेषगरि, फिल्मका निर्माता किरण नेपालीले केही दिन अगाडि मिडियामा फिल्मको ५ मिनेट भन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनीमा पनि परिवर्तन गरेको बताएका थिए । बोर्डले दृश्य काँटछाँट गरिएको हो या होइन, ध्वनी परिवर्तन गरिएको हो या होइन भनी २ दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्म असोज २१ गतेबाट सुखद व्यापार गर्दै रिलिज भैरहेको छ । फिल्मका निर्माता नेपालीले बोर्डले सोधे अनुसार २ दिन भित्र स्पष्टिकरण दिने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.