सामाजिक कथामा बनेको ‘निरमाया’ को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक


काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले बर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ। नेपाल सरकारको संबिधानमा १७ बर्ष अघि अन्त्यको घोषणा गरिएको जातिय छुवाछुतको घोषणा बर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरा सम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त बिषय माथि आम जन मानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ। निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.