चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक



काठमाडौँ। आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको होे ।

लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहन्वी बस्नेत, कविता राय, सुलेमान शंकर, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई लगायतका कलाकारहरुको अभिनय छ ।

आरएल लामा मोक्तान निर्देशित चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् । जीवन लामा कार्यकारी निर्माता रहेको चलचित्रका सह निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । रामेश्वर हुमागाईले खिचेको चलचित्रका गीतमा विकास चौधरीको संगीत, शिबम अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.