हरिवंशलाई पिर पारेको ‘महापुरुष’



काठमाडौँ। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले जुनसुकै काम गर्दा पनि पिर लाग्ने गरेको र आगामी कात्तिक ११ बाट नेपालभर प्रदर्शन हुने फिल्म महापुरुषको कथा सुन्दा पनि पात्रअनुसार अभिनय गर्न सक्छु या सक्दिन भन्ने कुराले पिर लागेको बताए।

पहिले पहिले वर्कशप गर्ने चलन थिएन। अहिले वर्कशप हुँदोरहेछ। केही दिन वर्कशप गरियोु फिल्मबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा हरिवंशले सुनाए मलाई यसको पात्रअनुसारकै अभिनय गर्न सक्छु कि सक्दिन भन्ने कुरामा निकै पिर परेको थियो।

श्रीमतीको अघि बसेर अभिनय गर्न लाज लाग्थ्यो। त्यसैले, कहिले बाथरुममा बसेर, कहिले मोबाइलमा भिडियो खिचेर आप्mनो क्यारेक्टर आयो कि आएन भनेर अभिनय गरेर हेर्थें। भेटघाटमा हरिवंश गफिए फिल्म सुटिङको क्रममा भने काम गरेको जस्तो अनुभव नै भएन। पिकनिक गए जस्तो गरी काम सकियो। डबिङको बेला फिल्मका सबै दृश्य हेरियो।

आफ्नै केही दृश्यले आँखाबाट आँसु नै आयो। कहिले निकै हाँसो पनि उठ्यो। मतलब फिल्म संवेदनशील छ र हाँसो पनि छ। यो टिमसँग पहिलो चोटी सहकार्य गरेको हो। पहिले फुर्सदका बेला फिल्म बनाउन भन्ने प्रवृत्ति थियो। तर, नेपालमा केही यस्ता हाउस रहेछन्, जसले विशुद्ध सिनेमा बनाउने रहेछन्।

यो त्यस्तै हाउसमध्येको एउटा फिल्म हो। म प्रायः मह सञ्चारकै कामले व्यस्त हुन्छु। आफ्नो काम नसकिएर अन्त काम गर्न भ्याउँदिन। तर, राम्रो कथा र राम्रो मान्छे भएकाले पनि यो फिल्ममा काम गरे उनले भने।अभिनेत्री गौरी मल्लले नाम सुन्दा पुरुषप्रधान फिल्मजस्तो लागे पनि पुरुषसँगै महिला पात्रलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन्। नवनायक अरूण श्रेत्रीले आफूले पहिलेदेखि नै काम गर्न खोजेका कलाकारसँगै एकै फिल्ममा जोडिन पाउँदा सपना जस्तो महसुस भएको बताए।

हरि बा, मदन बा, गौरी आमा र प्रदीप दाइको म पहिलेदेखि नै फ्यान थिएँ। उहाँहरूलाई भेट्ने प्रयास पनि गरेको थिएँ। जब फिल्मका लागि अडिसन खुल्यो, लकडाउनका कारण हातमा काम नभएर बसेको मलाई खुसीको कुरा थियो। अडिसनमा सेलेक्ट भएर उहाहरूसँगै काम गर्दा मलाई सपना हो कि जस्तो लागिरहेको छु अरूणको भनाइ थियो।

निर्देशक प्रदीप भट्टराईले हाँस्ने सिन छ भने रमाइलो कुरा गर्ने र भावुक सिन छ भने आरूखाभरि आँसु बनाएर त्यो अनुसारको वातावरण बनाउनुहुन्थ्यो। त्यसले गर्दा काम गर्न सजिलो भयो। नवअभिनेत्री अञ्जना बराइलीले सुरुमा आफूलाई एक प्रकारको डर भए पनि फिल्मका सम्पूर्ण व्यक्तिको साथका कारण आफ्नो तर्फबाट सक्दो मेहनत गरेको बताइन्। म यो फिल्ममा अडिसनबाट छानिएकी हुँ।

अडिसनको रिजल्ट आउनुअघि नै प्रदीप सरलाई म सेलेक्ट भए कि भइन भनेर सोध्नुभन्दा पनि अब हामी कहिलेबाट काम गर्ने भनेर सोधेको थिए। सेलेक्ट भएपछि वर्कशप गर्दा क्यारेक्टरमा घुस्नका लागि गाह्रो भएको थियो। पात्रअनुसारको काम गर्न सक्दिन कि भन्ने लागेको थियो। यति सिरियस थिए कि मलाई ज्वरो नै आएको थियो। काम गर्दै जाँदा यति रमाइलो वातावरणले बन्यो कि सायद म अर्को फिल्ममा अरू टिममा भएको भए यसमा जस्तो हन्डझेड पर्सेन्ट दिन सक्दिनँ थिए जस्तो लाग्छु उनले भनिन्।

अभिनेता राजाराम पौडेलले प्रदीप भट्टराई ले निर्देशन गर्ने फिल्म राम्रो हुन्छ भन्ने विश्वासले फिल्मको स्क्रिप्ट नपढिकन काम गरेको बताए। फिल्मका निर्देशक प्रदीप भट्टराई ले आफूले यसपटक महापुरुष हेरेर हलबाट बाहिर निस्किँदा आमा बाबु सम्झने खालको फिल्म बनाएको बताए। हाँस्न, मनोरञ्जन लिन, साथीभाइ, माया प्रेम सम्झउने फिल्म त धेरै बनेका छन्, तर यसपटक महापुरुषबाट भने दर्शकले आमा बाबु सम्झनेछन् प्रदीपले खुलाए फिल्मले छोराछोरी साथै हुँदा पनि एक्लोपनको महसुस गर्ने पिताको कथा भन्छ र एक्लोपनमा साथी खोज्यो भने विभिन्न बहानामा छुटाउन र निषेध नगर भन्ने सन्देश समाजलाई दिन्छ।

फिल्मका कार्यकारी निर्माता एवम कलाकार रवीन्द्र सिंह बानियाँले चितवनको देवघाटमा भेटिएका ८३ वर्षीय वृद्ध व्यक्तिसरँगको कुराकानीपछि कसरी उनी परिवार र समाजबाट उपेक्षित हुनु प-यो भन्ने विषयमा फिल्म बनाएको बताए। फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले फिल्ममा पुराना कलाकारले नयाँ पुस्ताले जस्तैगरी जोश जाँगरका साथ काम गरेको र नयाँ कलाकारले पनि अनुभवी कलाकारले जत्तिकै मेहनतका साथ काम गरेको बताए।

फिल्ममा सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, बबिता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंशाकार, सविन बास्तोला, अर्जुन आचार्य, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई , ज्ञानु जोशी, प्रेम पाण्डे, सम्यक सिस बानियाँ, बिभियना थपलिया, जगदिश अधिकारी, जेबी रुवाली, प्रज्वल लुइँटेललगायतका कलाकारले पनि अभिनय गरेका छन्।महापुरुषको टिम विर्तामोड, इटहरी, पोखरा, हेटौडा, बुटवल, नारायणगढ लगायतका सहरको प्रमोसनल टुर सम्पन्न गरी सोमबार राति मात्र काठमाडौं फर्केको हो।

नेपाल समाचारपत्रबाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.