‘हिजो आजका कुरा’ को गीतमा रोमान्टिक बने ऋचा र दिब्यदेव



काठमाडौं। गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ ।

सार्वजनिक चलचित्रको गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर्ड छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द, संगीत छ । साकार पन्त निर्देशीत सिनेमाको गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । रबि सायमिले खिचेको गीतको कलर र सम्पादन बिनय कंसाकारले गरेका हुन् ।

नेपाली युवाको बिदेश मोह, सन्तान बिदेशीनाले बृद्धबृद्धाले भोग्नु परेको एक्लोपन, बैबाहीक जीवनका असमझादारी लगायतका थुप्रै ब्याबहारिक बिषयलाई प्रस्तुत गरिएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाको कथा बरिष्ठ अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ ।

रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । सिनेमामा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन ।

Copyright © 2012 - 2026 | All Right Reserved.